आदर्श लघुवित्तको आईपीओ असार १ गतेदेखि



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ ।

घुवित्तले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ ।

कम्पनीका अनुसार ६२ हजार ६१५ कित्ता आईपीओ सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी १ करोड ४० लाख रूपैयाँ छ । यस लघुवित्तले देशभर ७ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।


क्लिकमान्डु