सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो




काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु