सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर निर्देशन दिएका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारी तथा सदस्यसँगको ज्ञापनपत्र बुझ्दै देउवाले सेयर बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् ।

संघले प्रधानमन्त्रीसँग राष्ट्र बैंकले लिएको ४/१२ को नीति परिवर्तन गर्नुपर्ने,कर्जा निक्षेप अनुपात(सिडी रेसियो)को व्यवस्था परितर्वन गर्नुपर्ने भारित औसत दर १५० को सीमालाई परिवर्तन गरेर १०० मा पुर्याउनुपर्ने जस्ता माग राखेर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए ।

प्रधानमन्त्री देउवाले गभर्नरलाई सेयर बजारमा देखिएको समस्या समाधान गर्न संघसँगको सहकार्यमा नीति बनाउन र लगानीकर्ता समस्यामा परेको भन्दै गम्भिर भएर सोच्न निर्देशन दिएका हुन् ।


क्लिकमान्डु