मेयर बालेन्द्रको शौचालय योजनामा निजी क्षेत्रको साथ



काठमाडौं । काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पलगायतको शौचालयलाई सार्वजनिक बनाउन सहकार्य गर्ने निर्णयमा निजी क्षेत्रले साथ दिएको छ ।

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको गत १६ गते बसेको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सो बैठकमा रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै महानगरपालिका मेयर बालेन्द्र शाहले बैठकमा प्रस्ताव गरेका थिए ।

मेयर शाहले प्रस्ताव गरेसँगै विभिन्न निजी क्षेत्रमा व्यवसायीहरूले निः शुल्क शौचालयको घोषणा गरेका छन् । जसमा विभिन्न क्षेत्रका व्यवसायीहरूले पोस्टर सार्वजनिक गर्दै सर्वसाधारणका लागि निःशुल्क शौचालयको व्यवस्था गरेको जनाएका छन् ।

निजी क्षेत्रमा होटल व्यवसायी, रेष्टुरेन्ट व्यवसायीहरूले शाहलाई साथ दिँदै होटल र रेष्टुरेन्टको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने घोषणा गरेका हुन् । ट्याटु स्टुडियोले गत १८ गतेबाट मेयर शाहलाई साथ दिँदै सर्वसाधारणले सो स्टुडियोको शौचालय प्रयोग गर्न सक्ने जनाएको छ ।

त्यसैगरी, होन्डा नेपालले पनि निः शुल्क शौचालयको घोषणा गरेको छ । जसमा सर्वसाधारणहरूले होन्डा शोरुमहरूमा निःशुल्क शौचालय प्रयोग गर्न सक्ने जनाएको छ ।

‘म जिम्मेवार नेपाली’को नारासहित शुक्रबारबाट निःशुल्क शौचालयको व्यवस्था गरेको छ ।

त्यस्तै, ट्याक्सी सेवा प्रदायक कम्पनी ट्याक्सीमान्डुले काठमाडौंमा निःशुल्क शौचालय सञ्चालनमा ल्याएको छ । । राजधानीको गोपीकृष्णमा रहेको कर्पोरेट अफिसको दुईवटा शौचालयलाई सार्वजनिक प्रायेजनाका सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, अन्य विभिन्न क्षेत्रमा आबद्ध भएका व्यवसायीहरूले शाहलाई साथ दिँदै शौचालयको सुविधा दिन थालेका छन् ।

काठमाडौं उपत्यका सर्वसाधारणका लागि उचित सार्वजनिक शौचालयको व्यवस्था नहुँदा विभिन्न समस्या भोग्दै आएका छन् । त्यसैले, महानगरले सार्वजनिक शौचालयलाई प्राथमिकतामा राख्दै आएका छन् । तर, प्रभावकारी हुन सकेको छैन । जसले गर्दा सार्वजनिक शौचालयको अभावले गर्दा महानगरवासीले समस्या भौग्दै आएका छन् ।

त्यसैले, स्वतन्त्र उम्मेदवारबाट चुनिएको शाहलाई अहिले रेष्टुरेन्ट, होटलका शौचालयको प्रस्ताव गरेसँगै निजी क्षेत्रका व्यवसायीहरूले साथ दिएका छन् ।

शाहले पहिलो बैठकबाटै होटल, रेष्टुरेन्टसँग भएको शौचालय सञ्चालनको प्रस्ताव गरेसँगै सबैले साथ दिएका हुन् ।

महानगरका जनप्रतिनिधले आह्वान गरेकै भरमा निजी क्षेत्रले निःशुल्क शौचालयको घोषणा गर्ने क्रम जारी छ । आगामी दिनमा सो निर्णय प्रभावकारी हुन्छ वा हुँदैन देख्न बाँकी नै छ । तर, निजी क्षेत्रले भने एउटा जनप्रतिनिधिले गरेको निर्णयलाई साथ दिँदै अगाडि बढेको देखिन्छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले सुचना जारी गर्दै आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरूलाई ७ दिनभित्र सम्पर्क राख्न आह्वान गरेको छ ।

महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न अनुरोध गरेको छ ।


क्लिकमान्डु