किन निरन्तर घट्दैछ सेयर बजार ?



काठमाडौं । सेयर लगानीकर्ता निरास बन्दा बजारमा जाने पहिलो रोकिएको छैन । बजारमा आएको निरन्तर गिरावटका कारण इन्डेक्स २ हजार भन्दा तलको बिन्दुमा झरिसकेको छ ।

वित्तीय प्रणालीमा आएको लगानी योग्य रकम (तरलता) को अभावका कारण पनि बजारमा गिरावट आएका कारण पनि बजारमा गिरावट आएको बताइन्छ । पछिल्लो समय बजारमा आउनुको गिरावटलाई लगानीकर्ताले विभिन्न रुपमा नेपाल राष्ट्र बैंकलाई पनि देखाउने गरेका छन् ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैैंक ब्याजदर बढ्छ भन्दै दिएको अभिव्यक्ति, मौद्रिक नीतिमा गरेको ४, १२ करोडको व्यवस्थालाई संशोधन नभएका कारण पनि सेयर बजार प्यानिक बनेको लगानीकर्ताको तर्क छ । बजारमा निरन्तर गिरावट आउन थालेपछि यसका विषयमा संघीय संसदमा छलफल हुन थालेको छ । शुक्रबार बजार मापन गर्ने सूचक ३३.७६ अंकले घटेर परिसूचक २०७८.७० बिन्दुमा रोकिएको छ ।

यो दिन २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको सेयरको कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूकमा गिरावट आएको छ । बैंकिङ समूहको २४.७०, विकास बैंक ५६.६८, वित्त कम्पनी २१.२१, जलविद्युत ३१.९३, जीवन बीमा २३६.६५, उत्पादन तता प्रशोधन ८८.८७, माइक्रोफाइनान्स ६२.८२, निर्जीबन बीमा समूहको उपसूचक १६७.१५ अंकले घटेको छ ।

कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु