चेम्बरले असारमा ४ दिने एक्सो आयोजना गर्ने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी असार २ गतेदेखि ६ गतेसम्म राजधानीमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ ।

चेम्बरले वाणिज्य मन्त्रालय र व्यापार एवम् निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा एक्सपो आयोजना गर्न लागिएको हो ।

एक्सोमा निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुको सहभागिता रहनेछ ।

यसवर्ष बंगलादेश पार्टनर कन्ट्री पार्टनर छ । एक्सपो अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लायन्स, फेसन वेयर, एसेसिरिज, गार्मेन्ट एण्ड टेक्सटायल, मोबाइल एण्ड ग्याजेट, एमएफसीजी, हाइड्रो, लोजिस्टिक, ह्यासिन्डक्राफ्ट एण्ड ह्यान्डलुम्स, जुत्ता तथा लेदरका सामान, कस्मेटिक, फूड र डेरी प्रडक्ट सामग्री एक्सपोमा देख्न पाइनेछ ।

मेलामा १५० स्टल रहनेछन् । जसमा १०० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ । साथै नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्री एक्सपोमा रहने छन् ।


क्लिकमान्डु