महंगीको विषयमा रोग एकातिर समाधान अर्कोतिर भयो– मिनेद्र रिजाल



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले महंगीको विषयमा भइरहेको चर्का कुराहरु महंगी एकातिर समाधान अर्कोतिर भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार संसदमा सार्वजनिक महत्वको विषयमा छलफल गर्दै रिजालले महंगी बढेको विषयको दोष सबै पेट्रोलियम पदार्थमा थोपरिएको बताए ।

‘एकातिर सरकारले आफूलाई चाहिने जति पनि खर्च सबै आयल निगमबाट उठाउने र यसैलाई खर्चको स्रोत बनाउने काम भइरहेको छ,’ उनले भने, अर्कोतिर, अन्य धेरै विषयले महंगी भए पनि पेट्रोलकै कारण हो भन्ने चलन छ ।’

भारत र नेपालमा हुने पेट्रोलियम पदार्थको मूल्यको अन्तरले पनि पेट्रोलियम पदार्थको व्यवस्थापनमा असर गरेका बताए ।


क्लिकमान्डु