पेट्रोलियम पदार्थको आयात यसैगरी हुने हो भने मुलुक श्रीलंका बन्छः गोकुल बास्कोटा



काठमाडौं । एमाले नेता गोकुलप्रसाद बास्कोटाले यो सरकार कस्तो नीति अनुसार चलेको छ भन्ने थाहा नभएको बताएका छन् ।

शुक्रबार सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले सरकारलाई युक्रेन र रुसको युद्ध भएको कुरा भर्खरै थाहा पाएको हो भन्दै प्रश्न गरे ।

‘अहिले पनि २ प्रतिशतले कच्चा तेल भारतले रुसबाटै आयात गर्छ । मूल्यवद्धि हुन्छ भन्ने पहिल्यै किन तयारी गरिएन,’ उनले भेन ।

उनले पेट्रोलियम पदार्थको आयात यसैगरी हुने हो भने विदेशी मुद्रा सञ्चिति घट्दै जान्छ र मुलुक श्रीलंका बन्ने समेत बताए ।

अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि हुँदा त्यसको असर नेपालमा पनि परेको छ । जसका कारण ठूलो मात्रामा विदेशी मुद्रा विगतमा भन्दा बढी बाहिर गइरहेको छ ।

पहिले लिटरमा १ रुपैयाँ मूल्य बढ्दा मण्डला तात्थ्यो अहिले इन्डियन आयल कर्पोरेशनले बढाइदिन्छ भन्ने मानसिकता बनाउन थालिएको उनको भनाइ छ ।

चाडपर्व शुरु हुने बेलामा चिनीको मूल्य बढेको छ अहिले नै ध्यान दिन सरकार समक्ष आग्रह गरे ।


क्लिकमान्डु