विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ निष्कासन



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कमपनीले साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ करोड रुपैयाँको १५ लाख कित्ता आइपीओ निष्कास नगरेको हो । जसमा ७५ हजार कित्ता सामूहिक लगानी कोष, ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ ।

आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु