राष्ट्र बैंकको नीतिले सेयर लगानीकर्ता सडकमा आए



काठमाडौं । सांसद पुष्पा भुसालले राष्ट्र बैंकको नीतिका कारण सेयर लगानीकर्ताले सडकमा आउनु परेको बताएकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले अर्थमन्त्री जनार्दन शर्मालाई राष्ट्र बैंकको उक्त नीतिलाई संशोधन गर्न आग्रह गरेकी छिन् ।

सेयर बजार ५२ लाख लगानीकर्ताले डिम्याट खाता खोलेर लगानी गरेको र १५ लाख लगानीकर्ता दोस्रो बजारमा कारोबार गरिरकेको स्मरण गराइन् ।

उनले लागनीकर्ताको लगानीलाई संयमित रुपमा लिन आग्रह गरिन् ।


क्लिकमान्डु