रोकिएन सेयर बजारमा गिरावट



काठमाडौं । सेयर बजारमा आएको गिरावटले निरन्तरता पाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि पनि बजारमा सुधार आएन सकेको छैन । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सेयर बजार मैत्री भनिएको भएपनि बजारमा सुधार आउन सकेको छैन । निरन्तर आएको गिरावटले बजार २ हजार बिन्दु नजिक आएको छ । बिहीबार बजार मापन गर्ने सूचक १८.२६ अंकले घटेर परिसूचक २११२.४७ बिन्दुमा रोकिएको छ ।

२२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा बलेफी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।कारोबार रकमका आधारमा माउन्टेन हाईड्रो नेपाल रहेको छ । कम्पनीको सेयर १२ करोड १२ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु