मिड सोलु हाईड्रोपावरले आइपीओ ल्याउने



काठमाडौं । मिड सोलु हाईड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले जेठ २३ गते बस्ने बार्षिक साधारणसभामा आइपीओ निष्कास गर्ने प्रस्ताव लैजाने भएको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि कम्पनीले आइपीओ निष्कास गर्ने छ ।

जेठ २३ गते बोलाएको विशेष साधारणसभामा पुँजी वृद्धि पछि सोही बमोजिम आइपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने भएको छ ।

यस्तै सभामा कम्पनीको हाल कायम पुँजी संरचना संशोधन गर्ने र सो को लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने भएको छ ।


क्लिकमान्डु