सुपारी ल्याउने र तस्करी गर्नेका दिन अब सक्किए: अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सुपारी ल्याउने र तस्करी गर्ने युगको चालू आर्थिक वर्षको बजेटले अत्यन्त गरेको बताएका छन् ।

‘अब सुपारी तस्करी गर्ने, १ प्रतिशत मात्रै मूल्यवृद्धि गर्ने पाम तेल निर्यात गर्न अवस्था अन्त्य भएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटले आन्तरिक कच्चापदार्थ प्रयोग गर्ने र धेरै मूल्यवृद्धि गर्ने उत्पादन निर्यात गर्ने लक्ष्य लिएको छ।’

अर्थतन्त्रका संरचनात्मक समस्या सुधार गर्दै उत्पादनमुलक उद्योगलाई सरकारले सहुलियत दिन खोजेको शर्माले बताए ।

‘हाम्रो जंगल, पहाड, प्राकृतिक सम्पदा पुजा गर्नका लागि मात्र हो ?,’ शर्माले भने, ‘हाम्रा सम्पदाको प्रयोग गर्नुपर्छ । त्यसैले हामीले सम्भव भएका क्षेत्रमा सहुलियत दिएर उत्पादन र निर्यात बढाउन खोजेका हौं ।’

अर्थमन्त्री शर्माले सबैको स्वामित्व हुने गरी बजेट निर्माण गरेको बताए ।

‘बजेट मैले मात्रै बनाएको होइन, सरोकारवालाले भनेका विषयलाई बजेटमा समावेश गरेका हौं,’ शर्माले भने, ‘त्यसैले बजेट कार्यान्वयन पनि सरोकारवाला गर्नुहुन्छ भन्ने विश्वास छ। प्रधानमन्त्री, म र हामी सबै सरकारको तर्फबाट सहजीकरण गर्न हामी तयार छौं ।’

बजेटको प्राथमिकता निश्चित रहेका भन्दै कार्यान्वयन हुने शर्माले दाबी गरे।

‘१२ कक्षा पास हुने व्यक्ति मोबाइल चलाउने मात्रै होइन, उद्यमी बनाउँदै निस्कन्छ भन्ने हामीलाई विश्वास छ,’ शर्माले भने, ‘हामीले शिक्षा क्षेत्रलाई समग्रमा सुधार गर्न खोजेका छौं । सिपयुक्त जनशक्ति बनाउने हाम्रो लक्ष्य हो ।’


क्लिकमान्डु