शिक्षामा गतवर्षभन्दा बढी बजेट छ, कक्षा १२ उत्तीर्ण हुनेसँग हातमा सीप हुनेछः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा गत वर्षको भन्दा बढी बजेट विनियोजन गरेको बताएका छन् ।

एकैपटक बजेट बढाउन नसकिने भएको भन्दै यसको प्रकृया शुरु गरेको उनको भनाइ छ ।

शिक्षा क्षेत्रलाई भिन्न ढंगले पनि बजेट दिएको भन्दै उनले हरेक श्रमयोग्य नेपालीलाई सिपयुक्त बनाउने कार्यक्रम बजेटमा समावेश गरेको बताए ।

१२ कक्षा पास गरेर निस्कदा सिपयुक्त भएर निस्कने व्यवस्था बजेटले गरेको उनको दाबी छ । १२ कक्षा सर्टिफिकेट पाँउदा बजार आएर काम गर्ने, तालिम पाउने विषय पनि बजेटमा राखेको बताए ।

बजेट बनाउँदा चुनावलाई ध्यान नदिइएको भन्दै उनले बजेट अहिलेको समस्या कसरी समाधान गर्र्दै रोजगारी बढाउनेमा केन्द्रित भएइको बताए । उनले बजेट गरिबी निवारणमा समेत केन्द्रित भएको बताए ।

मन्त्री शर्माले बजेटमा एउटा पालिकामा ३०० जना स्वयमसेवक राख्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्नेलाई पनि यसमा समावेश गराउने बताए ।
यस्ता जनशक्तिलाई कृषिमा आधारित उत्पादन, बजारिकरण, प्रशोधनमा श्रम गर्ने गरी काम लगाउने पनि उनले बताए ।

कृषिमा रहेको श्रमको अभाव पूर्ति गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

यसले विदेशमा ३०÷३५ हजारका लागि जानुभन्दा नेपालमै २० हजार कमाएर बस्छु भन्ने वातावरण सृजना गर्न लागेको दाबी गरे ।

बजेटले किसानलाई सम्मान गर्नका लागि योगदानमा आधारित सम्मान कार्यक्रम ल्याएको बताए । किसानलाई विभिन्न स्थानमा छुट दिने, किसानको मनोबल बढाउनेतर्फ सरकारको सोच रहेको तर्क गरे । यसले खाध्य संकट आउन नदिने उल्लेख गरे ।

उनले सहकारीलाई प्राथमिकता दिने उत्पादनसँग जोडने योजना रहेको, सहकारीसँग सरकार र निजी क्षेत्रलाइ पनि जोडने योजना सरकारको रहेको बताए ।


क्लिकमान्डु