डलर सञ्चिति घटेका बेला सरकारी पुनर्बीमा कम्पनीको कार्यक्रम माल्दिभ्समा



काठमाडौं । नेपालमा डलरको सञ्चिति घटिरहेको छ र घट्नेक्रम अझै जारी छ । जसले गर्दा मुलुकको अवस्था आर्थिक संकटतर्फ उन्मुख भएको विज्ञहरु बताउँदै आएका छन् ।

तर यस्तो समयमा सरकारी स्वामत्विमा रहेको पुनर्बीमा कम्पनीले भने माल्दिभ्स पुगेर कार्यक्रम गरिरहेको छ ।

बीमा कम्पनीका सीईओहरूलाई पुनर्बीमाको तालिम दिने भन्दै नेपाल पुनर्बीमा कम्पनीले माल्दिभ्समा कार्यक्रम राखेको हो ।

पाल पुनर्बीमा कम्पनीले आयोजना गरेको कार्यक्रम माल्दिभ्समा चलिरहेको छ । ५ दिने कार्यक्रम हिजोदेखि शुरू भएको हो ।

सरकारले व्यापारघाटा कम गर्न विभिन्न उपाय अपनाएको अवस्थामा नेपाल सरकारकै लगानी भएको नेपाल पुनर्बीमाले भने विदेशमा कार्यक्रम आयोजना गरेको हो ।

माल्दिभ्समा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा कार्यक्रम राखेको हो । कम्पनीले आयोजना गरेको कार्यक्रम हिजोदेखि नै शुरू भएको छ । कार्यक्रम ५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

५ दिनसम्म चल्ने उक्त कार्यक्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सहभागिता जनाएका छन् ।

उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि सहभागिता जनाएका छन् ।

कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका सबै सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकहरू समेतले सहभागिता जनाएका छन् ।

कम्पनीले १९ निर्जीवन बीमा कम्पनीका सीईओहरूका लागि मात्रै उक्त कार्यक्रम राखेको बताए पनि केही जीवन बीमा कम्पनीका सीईओले पनि उपस्थित जनाएका छन् ।

अघिल्ला वर्षहरूमा कम्पनीले स्वदेशमै कार्यक्रम गर्ने गरेको थियो ।

नेपाल पुनर्बीमा नेपालमा स्थापना भएको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीमा सरकारी स्वामित्व छ ।

पछिल्लो समय बीमा समितिले निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रिलाई लाइसेन्स दिएको छ ।

सञ्चालनमा रहेका ८ वटा जीवन बीमा कम्पनीले नेपाल पुनर्बीमा कम्पनीमा शतप्रतिशत व्यवसाय दिएका छन् । सरकारले नेपाल पुनर्बीमा कम्पनीलाई प्रत्यक्ष हिस्साको २० प्रतिशत हिस्सा दिँदै आएको थियो ।

तर, बजारमा अर्को कम्पनीले लाइसेन्स पाएपछि भने सरकारले यी दुवै कम्पनीलाई बराबर व्यवसाय सुनिश्चत गरिदिएको छ ।


क्लिकमान्डु