बजेट सत्तारुढ दलको घोषणापत्र जस्तो, वृद्धाभत्ता ५ हजार किन नपुर्याएकोः पूर्वअर्थमन्त्री पौडेल



काठमाडौं । पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट केवल बजेट नभएर सत्तारुढ दलको घोषणापत्र जस्तो भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

यो चुनावी सरकार भएपनि निर्वाचनपछि बनेको सरकारजस्तै गरी बजेट ल्याएको पौडेलको तर्क गरे । सरकारको बजेट निर्वाचन केन्द्रित हुनुपर्ने भएपछि त्यसका केन्द्रित हुन नसकेको उनको तर्क छ । सरकारले ल्याएको बजेटले बजेटको मर्ममाथी नै प्रहार गरेको छ ।

बजेटले मुलुकको आजको आर्थिक अवस्थालाई बेवास्था गरेको उनको तर्क छ । यो सरकार बनेपछि सबै आर्थिक सूचकांक नकारात्मक बनेको र अघिल्लो सरकारले सबै सूचक राम्रा नै बुझाएको स्मरण गराए ।

चालु आवको १० महिनामा ३१ प्रतिशत पुँजीगत खर्च भएको, बैंकमा तरलता अभाव छ भएको स्मरण गराउँदै १ खर्ब ८७ अर्ब आन्तरिक र बाह्य ऋणको सावा र ब्याज तिर्नुपर्ने अवस्था रहेको पनि सरकारलाई स्मरण गराए ।

सरकारले ल्याएको बजेटमा साधारण खर्च बढेको र वित्तीय खर्च घटेको भन्दै यसले वित्तीय अवस्था बलियो नहुने उनको तर्क छ । सरकारले बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने भनेको भएपनि यसले जनता र दातृ नियकालाई झुक्याउने काम गरेको उल्लेख छ ।

यो अवस्थामा आर्थिक वृद्धि ५ प्रतिशत भन्दा माथी नपुग्ने दाबी गरे । यो सरकारले कुनै हेक्का नै नराखी ८ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको दाबी गरे । अहिले नै मुद्रास्फिती ७ प्रतिशत भन्दा बढी भएको भन्दै यो ७ प्रतिशत मात्रै नहुने दाबी गरे । यो अझै बढ्ने उनको दाबी छ । अहिले इन्धनको मूल्य बढेको र यसले लागत बढ्ने दाबी गरे । उनले यस्तो अवस्थामा मुद्रास्फिती कसरी ७ प्रतिशतमा सिमित हुन्छ भन्दै प्रश्न गरे । यसले गिरिब जनतालाई झनै गरिबी बनाउँदै जाने तर्क गरे ।

बजेटले कृषि उत्पादन घटाउने भएको उनको दाबी छ । आयात कम गर्ने नीति पनि नभएको उनको तर्क छ । बजेटले निर्यात प्रबर्धनले प्राथमिकता पाउन नसकेको उनको भनाइ छ ।

छुट अनुदान धेरै भएपनि त्यसको लागि स्रोत कहाँबट ल्याउने भन्ने उल्लेख नभएको उनको भनाइ छ । यो बजेट सुख्खा जमिनमा घिर्सदै गरेको चिप्लेकिरा जस्तो भएको तर्क गरे । उनले बजेटको हरेक प्यारामा नारा रहेको र नारामा बजेट अल्मलिएको दाबी गरे ।

बजेटले जटिलता नपैल्याउँदा निबन्धजस्तै भएको दाबी गरे । अध्ययन बिना नै पुँजीगत खर्च विनियोजन राखेको उनको तर्क छ । अर्थतन्त्र संकटमा गएको बेला सरकारले पुँजीगत खर्च घटाएको र बिना आधारमा काल्पानिक बजेट ल्याएको धारणा राखे । बजेटले कोषी कर्णाली जोडने बिषय ल्याएको भन्दै अहिलेको आवश्यक हो भन्दै प्रश्न गरेका छन् ।

सरकारले सगरमाथा पुग्न निजी क्षेत्रको लगानीमा २ वटा द्रुतमार्ग बनाउने भनेको हो ? यसलाई कसरी बुझ्ने ? भन्दै प्रश्न गरे ।
पौडेलले काठमाडौंबाट चितवन २ घन्टामा पुग्ने भनिएको छ । यो अति आवश्यक रहेको र चाँडै लागू गर्न आग्रह गरे ।
सरकारले एक घर एक धारा भनेको छ । त्यो भनेको आफ्नो घरमा आफै धारा राख्ने भनेको हो भन्दै प्रश्न गरेका छन् ।
बजेटले कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष बनाउने भनेको छ । ‘पैसा कहाँबाट ल्याउने । अन्य कोषको पैसा ल्याउने हो । यसको स्रोत खै ? उनको प्रश्न छ ।

प्रदेश र स्थानिय तहले आफ्नो योजना आफै छान्नु पर्नेमा त्यो अधिकार कटौटी भएको र वित्तीय संघीयता कार्यान्वको बर्खिलाफ गरेको छ । केन्द्रले पैसा पठाउने र त्यो आयोजनामा काम गरेर भन्नु भनेको स्रोतको अपव्यय भएको पौडेलले बताए ।
उद्योगको बजेट घटाएर कसरी आयात प्रतिस्थापन हुने हो उनको प्रश्न छ ।

सरकारले महिला पहिला भन्ने नारा बजेटमा लिएको छ । तर स्थानीय तह निर्वाचनमा उपप्रमुख महिला हुनुपर्नेमा कतिपय निकायमा महिला नभएको बताए ।

सरकारले बजेटबाट सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्याएको भन्दै प्रश्न गरेका छन् । तत्कालिन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपाको घोषणा पत्रमा ५ वर्षमा ५ हजार पुर्याउने भनेको स्मरण गराउँदैे अर्थमन्त्री शर्मा पनि त्यसमा सहमत रहेको भन्दै अहिले जम्मेवारीबाट किन पन्छेको भन्दै प्रश्न गरे ।

कर्मचारीको तलब पनि १५ प्रतिशत मात्रै बढ्नु कम भएको उनको बुझाइ छ । सरकारले सम्भावित खाध्य संकटको चुनौतीको बारेमा किन मौन बसेको भन्दै प्रश्न गरेका छन् । बजेट पढ्दा नेपालमा खाध्य संकट आउने देखिएको उनको तर्क छ ।


क्लिकमान्डु