दोर्दी खोला जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्ने



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमा १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी १० लाख १९ हजार ८६९ कित्ताका सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

आइपीओमा जेठ २६ देखि जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेमा असार ९ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १७ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । आइपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


क्लिकमान्डु