दुर्घटनाग्रस्त विमानमा १६ जनाको शव भेटियो, मौसमका कारण उद्वारमा ढिलाइ



काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार २२ जनामध्ये १६ जनाको शव फेला परेको छ । बाँकी ६ जनाको खोजीकार्य जारी रहेको बताइएको छ ।

भेटिएका शवको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । फेला परेका शव काठमाडौं ल्याउने तयारी भइरहेको छ । शवको पोस्टमार्टम पछि परिवारलाई बुझाइनेछ । मौसम खराबीका कारण उद्धारमा ढिलाइ भएको बताइएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान स्थानीयको सहयोगमा फेला परेको छ ।


क्लिकमान्डु