सवारी लाइसेन्सको लागि अनलाइन आवदेन आजबाट पुनः खुल्ला, अबदेखि सहजै लाइसेन्स पाउने



काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन आजबाट पुनः खुल्ला गरेको छ । विभागले आज सुचना जारी गर्दै लाइसेन्स लागि हालसम्म परेका अनलाइन आवेदनहरू रद्द गरी सोमबारबाट अनलाइन आवेदन प्रणाली शुरु गरेको हो ।

विभागका अनुसार नयाँ सवारी चालक अनुमति पत्र प्राप्तका लागि विभागले तोकेको वेवसाइटमा लगईन गरी नयाँ आवेदन फाराम भर्न सक्नेछन् । विभागले अहिले नयाँ प्रविधिको विकास गरेको छ । जसबाट सहजै सेवाग्राहीले सेवा प्रदान गर्ने सक्नेछन् । अबदेखि सेवाग्राहीले नै अनलाइनबाट फाराम भरी आवश्यक दस्तुर र ट्रायलको लागि मिति लिन सक्नेछन् ।

विगतको दिनमा लाइसेन्सका लागि सेवाग्राहीले विभागले तोकेको मितिमा कार्यालयमा सहभागी हुनुपथ्र्यो । जसमा विभागका उच्च सेवाग्राहीको चापले वर्षौ कुनुपर्ने बाध्यतालाई हटाउँदै विभागले नयाँ प्रविधिको विकास गरिसकेको छ । उक्त प्रविधिले सेवाग्राहीले सहजै लाइसेन्सको प्रक्रिया अगाडि बढाउन सक्ने र सहजै ट्रायल दिन पाउने विभागको दाबी छ । साथै, यातायात व्यवस्था कार्यालयमा तिर्नुपर्ने राजस्व पनि अनलाइनबाटै तिर्न सक्नेछन् ।

सरकारले गत चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द छ। सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो । जसमा विभागले २०२४ सम्मको समय तोकेको थियो ।

तर, विभागले उक्त समस्यालाई मध्यनजर गर्दै २०२४ सम्ममा परीक्षा हुने मिति तोकिएको परीक्षार्थीहरूलाई गत वैशाखसम्ममा लिखित तथा ट्रायलको व्यवस्था गरिसकेको छ ।

त्यसैले, आगामी दिनमा लाइसेन्सको समस्या नआउने विभागको भनाइ छ । अबका दिनमा सेवाग्राहीले अनलाइनबाट सम्पूर्ण कार्य गरेर लाइसेन्सको परीक्षाको लागि मिति तोक्न सक्नेछन् ।


क्लिकमान्डु