ग्रेट हिमालन ट्रेल निर्माणका लागि ३३ करोड विनियोजन, पर्यटन क्षेत्रलाई ९ अर्ब ३८ करोड बजेट



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

आगामी आर्थिक वर्षमा सरकारले १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालन टे«ल सुधारका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पछिल्लो समय पहाडी क्षेत्रमा भएको सडक विस्तारले पदमार्गहरु नोक्सान हुँदै भएका छन् । तर, उच्च पहाडी क्षेत्रमा रहेको ग्रेट हिमालन ट्रेलले अझैपनि नोक्सान भएको छैन् । युरोपियन र हिमालयको मनमोहक दृश्य हेर्दै पदयात्रा गर्न खोज्ने पर्यटकको रोजाईमा ग्रेट हिमालन टे«ल पर्दै आएको छ ।

यो वर्ष सरकारले उक्त ट्रेल सुधार गर्ने घोषणा गरेको हो । यस्तै सरकारले पर्यटन पूर्वाधार सुधारको ९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ ।


क्लिकमान्डु