तारा एअरको जहाज सम्पर्कबिहीन



काठमाडौं । तारा एअरको जहाज सम्पर्क बिहीन भएको छ ।

पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कबिहीन भएको हो ।

पोखराबाट ९:५५ मा जोमसोमका लागि उडेको जहाज लेतेपासबाट सम्पर्कबिहिन भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार उडान भएको ३० मिनेटमा जोमसोम बिमानस्थलमा अवतरण हुनुपर्ने जहाज हालसम्म सम्पर्कबिहीन छ ।

तारा एयरको ९-एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार छन् । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को-पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार छन् ।


क्लिकमान्डु