हुलाकी सडकलाई सरकारले बेवास्ता गर्यो, ५ करोड छुट्याएर कहिले बनिसक्छः सांसद यादव



काठमाडौं । सांसद उपेन्द्र यादवले देशकै गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडकलाई सरकारले बेवास्था गरेको बताए ।

प्रतिनिधि सभाको बैठकमा यादवले उक्त कुरा बताएका हुन् । ५ अर्ब लागत रहेको आयोजनामा ५ करोड रुपैयाँ छुट्याएको प्रति गुनासो गरे । उनले यस्तै गरी बजेट दिँदै जाने हो भने आयोजना कहिल्यै पुरा नहुने बताए । यस्ता आयोजनालाई तिब्र रुपमा विकास हुने गरी बजेट दिन सुझाव दिए ।

बैठकमा यादवले तराइ–मधेश विकास पूर्वाधार कार्यक्रमलाई निरन्तरा दिन, वैदेशिक लगानी ल्याउन, नदि नियन्त्रण गर्न सुझाव दिए । सांसद यादवले नेपालमा एकल भाषा रहेको भन्दै यसलाई अन्त्य गरेर बहुभाषिक नीति ल्याउनु सुझाव दिए । बुहभाषालाई सरकारी कामकाज, शिक्षणको भाषा बनाउनु सुझाव दिए ।

नेपाल संघीय लोतकतान्त्रिक गणतन्त्र हुँदा समेत एकल भाषा हुन नहुने उनको तर्क । उनले निर्वाचन क्षेत्रको पुननिर्धारण गर्न पनि आग्रह गरे । संविधानले भने अनुसार समानुपातिक समावेशी नभएको भन्दै पछि परेका समुदायलाई मुल धारमा ल्याउने नीति ल्याउन सुझाव दिए । देश विकास नहुनुको कारण कमजोर शिक्षा प्रणाली भएको उनको तर्क छ ।

‘जुन देश विकसित भएका छन् त्यो देशमा शिक्षा राम्रो रहेको छ’ उनले भने ‘नेपालमा पनि विकासकालाई गति दिन शिक्षालाई प्राथमिकता दिनुपर्छ ।’ उनले शिक्षा, स्वास्थ्य, रोजगारी सबैलाई समानता रुपमा ल्याउन, सबैको पहुँच कायम गराउन आग्रह गरे ।

नेपालमा अहिले पनि आकाशको पानीको भरमा कृषि खेती भइरहेको भन्दै यसले उत्पादन नबढ्ने दाबी गरे । आकाशे पानीको भरमा खेती गर्दासम्म समस्या समाधान नहुने, उत्पादन नबढ्ने, रोजगारी नबढ्ने दाबी गरे । यसका लागि जग्गाको चक्लाबन्दी गर्न आग्रह गरे । उनले युवा नीति ल्याउन पनि सुझाव दिए ।


क्लिकमान्डु