विन्ध्यबासिनी हाइड्रोपावरले जेठ २० देखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
कम्नपीले निष्काशन गरेको १५ लाख कित्ता मध्ये ७५ हजार कित्ता सामुहीक लगानी कोष र ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको १३ लाख ६५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ २० देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले आइपीओमा धितोपत्र बोर्डबाट सि–आस्वा लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु