भैरहवा र पोखरामा पनि वैदेशिक रोजगारी सेवा सञ्चालन गरिने



काठमाडौं । सरकारले भैरहवा र पोखरामा वैदेशिक रोजगारी सेवा सञ्चालन गर्ने भएको छ ।

अहिलेसम्म काठमाडौंबाट मात्रै त्यस्तो सेवा सञ्चालन भएकोमा अब बाहिरी सहरमा पनि उक्त सेवा सञ्चालन गर्न लागेको हो ।

भैरहवामा सञ्चालनमा आइसकेको अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरामा निर्माणधित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ध्यानमा राख्दै सो सेवा उपलब्ध गराउन लागिएको हो ।

ती स्थानमा श्रम स्वीकृतिको सेवा हुँदा काठमाडौं आउनु पर्ने बाध्यता घट्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।


क्लिकमान्डु