हरेक प्रदेशमा २ वटा मेडिकल कलेज बनाउने घोषणा



काठमाडौैं । सरकारले हरेक प्रदेशका कम्तिमा दुईवटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै प्रदेशमा दुई वटा मेडिकल स्थापना गर्ने बताइन् ।

हाल सुदूरपश्चिम प्रदेशमा कुनै पनि मेडिकल कलेज छैन् । सरकारी मेडिकल कलेज पनि बागमती, १ नम्बर र कर्णाली प्रदेशमा मात्रै सञ्चालनमा छन् ।

लुम्बनी , गण्डकी र मधेश प्रदेशमा निजी क्षेत्रबाट मेडिकल कलेज सञ्चालन भएपनि सरकारी मेडिकल कजेल भने छैन् ।


क्लिकमान्डु