सरकारको नीतिः ‘एक घर एक धारा’



काठमाडौं । सरकारले हरेक घरधुरीमा खानेपानीको धारा पुर्याउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले अगाामी आवको नीति तथा कार्यक्रम मार्फत् ‘एक घर एक धारा’ कार्यक्रम ल्याउने घोषणा गरेकी हुन् ।

खानेपानी आयोजनामा जनश्रमदान सम्बन्धी नीतिको पुनरावलोकन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आवमा ४ लाख ६३ हजारमा मध्यम तथा उच्चस्तरको खानीपानी पुर्‍याइने सरकारको योजना छ ।

आगामी आवमा १२ शहरमा एकीकृत खानेपानी तथा फोहोरपानी प्रशोधनको सुरुवात गरिने भएको छ ।


क्लिकमान्डु