बालेनकाे अग्रता कायमै, सिंहलाई पारे साढे १८ हजार मतले पछि



काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणनामा स्वतन्त्र तर्फमा उम्मेदवार बालेन्द्र साह (बालेन)ले गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई १८ हजार ५५९ मतले पछि पारेका छन् ।

१ लाख ३४ हजार ८७ मतगणना गर्दा बालेनले ४५ हजार ९८२ मत पाएका छन् भने गठबन्धनबाट काँग्रेसकी उम्मेदवार सिंहले २७ हजार ४२३ मत पाएकी छिन् । ते

स्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ४५४ मत पाएका छन् । काठमाडौं महानगरपालिकामा अहिले वडा नम्बर ९,१०, १३, १४, १५, २०, २१, २२ र २६ वडाको मतगणना जारी रहेको छ ।


क्लिकमान्डु