काठमाडौंमा साह ३५.३२%, सिंह २०.४१% र स्थापितले पाए १९.७० प्रतिशत मत



काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १६ हजार ८८५ वटा मत गणना भएको छ । जारी मत गणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता निकै रहेको छ ।

नेपाली काँग्रेसकी उम्मेदवार सृजना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा बालेनको मत धेरै बढी रहेको छ । पछिल्लो परिणाम अनुसार साहले ४१ हजार २७९ मत ल्याएका छन् । यस्तै काँग्रेसकी सिंहले २३ हजार ८५५ मत ल्याउँदा एमालेका स्थापितको २३ हजार २४ मत रहेको छ ।

पछिल्लो परिणाम अनुसार साहले कुल मतमा ३५.३२, सिंहले २०.४१ र स्थापितले १९.७० प्रतिशत मत रहेको छ । साहले अहिलेसम्म सिंहको भन्दा १७ हजार ४२४ मत पाएका छन् । यस्तै स्थापितको भन्दा १८ हजार २५५ मत रहेको छ ।


क्लिकमान्डु