देशले मान्छे बेच्नेर मालसामान किन्यो, व्यापारघाटा कम गर्न बजेटले यी ७ क्षेत्रलाई प्राथमिकता दिनुपर्छः सांसद थापा



काठमाडौं । सांसद गगन कुमार थापाले अहिले नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सासद थापाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

‘विदेशमा गएका युवाले पठाएको विप्रेषणबाट हामीले कपडा, भान्सामा चाहिने सामान किनेका छौ’ उनले भने, ‘नेपाल मान्छे बेच्ने, मालसामान किन्ने देश बनेको छ । हाम्रो भान्सामा पाक्ने सबै सामान विदेशबाट आयात भएको छ । अनी हामी नेपाल कृषिप्रधान देश भनिरहेका छौं ।’ यस्तो नीतिलाई बल्ने नीति सहितको बजेट ल्याउन थापाले सरकारलाई सुझाव दिएका छन् ।

बैठकमा उनले विस २०७९ देखि २०८९ लाई राष्ट्रिय उत्पादन बढाउने दिवसको रुपमा मनाउन सरकारलाई सुझाव दिए ।
‘कपडा उद्योग, फुटवेर उद्योग, निर्माण सामग्री, कृषि खाध्यन्न, वन पैदावार जडिबुटी औषधी, हस्कताल र नयाँ अवसर सृजना गर्ने क्षेत्रलाई १० वर्षसम्म आन्तरिक लगानी बढाउने, विदेशी लगानी भित्र्याउने, साना मझौला उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ’ उनले भने, ‘बजेटबाट नै यस्तो नीति लिने सकियो भने व्यापारघाटा कम हुन्छ, रोजगारी पनि बढ्छ, आयात पनि कम हुन्छ ।’

बैठकमा सांसद थापाले वर्षमा ९ करोड जोर जुत्ता नेपालमा खपत हुने गरेको स्मरण गराए । ‘४ करोड जोर जुत्ता नेपालमा नै उत्पादन हुने गरेको छ । बाहिरबाट ५ करोड आएको छ’ उनले भने, ‘नेपाली उद्योगको १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको छ ।’

नेपालमा जति नै आयात पनि त्यसलाई राज्यलाई कुनै लाभ नभएको थापाको तर्क छ । आयात हुँदा पनि बढी चोरी पैठारी हुने गरेको र त्यसलाई राज्यलाई नोक्सानी भइरहेको बताए ।

नेपालमा चोरी पैसाठी हुने, गलत बाटोबाट सामान आयात हुने गरेको भन्दै यसलाई रोक्न सरकारलाई सुझाव दिए । नेपालमा नयाँ उद्योगीले बाहिरी बजार खोजिरहेको भन्दै यो वर्ष सरकारले ठोस कार्यक्रम बनाउन सुझाव दिए ।

आगामी आवको बजेटमा नेपालमा उद्योग धन्दा खोल्दा नेपालीले रोजगारी पाउने, नेपाली पुर्वाधार प्रयोग गनुपर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।


क्लिकमान्डु