बालेनलाई भेट्न स्थापितलाई धौ-धौ, १३ हजार बढी मतान्तर



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह (बालेन)ले २८ हजार ६६२ मत पाएका छन् ।

उनले निकटकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १३ हजार ३०३ मतले पछि पारेका छन् । स्थापितले १५ हजार ३५९ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सृजना सिंहले १५ हजार ५७ मत पाएकी छिन् ।

अहिलेसम्म ७५ हजार ५४१ मत गनिसकेको छ । अहिले वडा नम्बर ६,७,८,९,२५,२६,२७, २९ र ३१ वडाको मत गणना जारी छ ।


क्लिकमान्डु