शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले विजयी



काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले) की शिवकुमारी थारु निर्वाचित भएकी छिन् ।

शिवराज प्रमुखमा ७ हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा ७ हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएकी छिन् ।

११ वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहेका छन् । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।

तत्कालीन निर्वाचनमा थापा स्वयं राप्रपाबाट उम्मेदवार थिए । प्रमुखमा पराजित थापा मङ्सिरमा सम्पन्न सङ्घीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित भइन् ।

नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई÷दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीत निकालेको छ ।


क्लिकमान्डु