बालेन साह १३ हजार ३१२ मतले अघि, स्थापित र सिंहको प्रतिस्पर्धा जारी



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन्द्र साह (बालेन)ले २८ हजार २९२ मत पाएका छन् ।

उनले निकटकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १३ हजार ३१२ मतले पछि पारेका छन् ।

स्थापितले १४ हजार ९८० मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सृजना सिंहले १४ हजार ६५७ मत पाएकी छिन् ।

७४ हजार १९३ मत गन्दा साहले ३८ प्रतिशत मत पाएका छन् भने स्थापितले २० र सिंहले २० प्रतिशत मत पाएकी छिन् ।


क्लिकमान्डु