ओलीको गृहनगरमा राप्रपाका थापा विजयी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा स्थित दमक नगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचनमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । थापाले एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मतले पराजित गरेकी छन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएका छन्

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छिन् । उनले १७ हजार ७२ मत पाएकी छिन् भने एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।


क्लिकमान्डु