चुनावले बैंकमा भएको निक्षेप घट्यो, बैशाख महिनामा १९ अर्ब प्रणालीबाट बाहिरियो



काठमाडौं । स्थानीय तह निर्वाचनमा बैंकबाट निक्षेप घटेको देखिएको छ । बैशाख महिनामा बैंकहरुबाट १९ अर्ब ६५ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

नेपाल बैकर्स संघका अनुसार वाणिज्य बैंकसँग चैत मसान्तसम्ममा ४३ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अहिले सो निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ ।

स्थानीय निकायको निर्वाचनको कारण बैशाख महिनामा बैंकमा पैसा निकाल्नेको संख्या बढेको अनुमान बैंकरको छ । स्थानीय निकायमा सरकार तथा राजनीतिक दलले गर्ने खर्च अबको दुईसाताभित्रमा प्रणालीमा फर्कने अनुमान बैंकरको छ ।

बैशाख महिनामा बैंकहरुको कर्जा प्रवाह समेत घटेको छ । चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा दिएका थिए । बैशाख मसान्तमा आइपुग्दा बैंकहरुले ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु