यसरी चल्छ अर्बौंको फुटवल अर्थतन्त्र, क्लबका मालिक अर्बपति




काठमाडौं । खेलाडीका लागि फुटवल पेसा हो भने क्लब सञ्चालकका लागि यो व्यवसाय हो । सफलतालाई आर्थिक नाफामा म्यानचेस्टर युनाइटेडले जति कुनै पनि फुटबल क्लबले बदल्न सकेका छैनन् ।

‘रेड डेभिल्स’ समेत भनेर चिनिने म्यानचेस्टरले सन् १९९२ पछि मात्र १३ वटा प्रिमियर लिग र सन् १९९९ र २००८ गरी दुईवटा च्याम्पियन्स लिग जितिसकेको छ ।

र, अहिले बिगत ५ बर्षमा पहिलोपटक ३.६९ अर्ब डलरको कुल मुल्याङ्कनसहित बिश्वकै सबैभन्दा महत्वपूर्ण फुटबल क्लब (मोस्ट भ्याल्युएबल क्लब) भएको छ ।

क्लबले पहिलो स्थानमा फेरी जमाएको कब्जाले क्लबको ब्राण्ड भ्याल्यु र मार्केटिङ चातुर्यको पुष्टि गर्दछ ।

म्यानचेस्टर युनाइटेडले सन् २०१५/१६ मा ७६ करोड ५० लाख डलर कमाएको छ । यो भनेको अन्य दुई फुटबल हस्ती बार्सिलोना र रियल म्याड्रिड भन्दा ७ करोड ७० लाख डलरले बढी हो ।

म्यानचेस्टरले ‘एडर्भटाइजिङ’ र ‘स्पोन्सरसिप’ बाट ४० करोड डलर भन्दा बढि कमाएको छ, जुन बिश्वका कुनै पनि क्लब भन्दा बढि हो ।
क्लबको संचालन नाफा पनि झण्डै २९ करोड डलर रहेको छ । यो बिश्वकै चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल्ने क्लब रियल म्याड्रिडको भन्दा झण्डै ११ करोड डलरले बढि हो ।

अब अर्को बर्ष पनि रेड डेभिल्सलाई उछिन्न सजिलो हुने छैन । युरोपा लिगमा बिजेता बन्दै च्याम्पियन्स लिगमा छनौट भएपछि म्यान्चेसटरको आम्दानीमा भारी बृद्धि हुने देखिन्छ ।

बिश्वका महत्वपूर्ण फुटबल क्लबहरु भनेर सामान्यतः त्यस्ता क्लबलाई चिनिन्छ, जसको लोकप्रियता, ब्राण्ड भ्याल्यु र बिश्वब्यापी रुपमा सर्मथकहरु धेरै हुन्छन् ।

यो बर्ष बिश्वका २० महत्वपूर्ण क्लबहरुको औसत मुल्याङकन १ अर्ब ४८ करोड डलर छ । यो गत बर्ष भन्दा ३ प्रतिशतले बढी हो ।

यस सूचीमा म्यानचेस्टर युनाइटेड पछि भने बार्सिलोना (३.६४ अर्ब डलर), रियल म्याड्रिड (३.५८ अर्ब डलर), बार्यन म्युनिख (२.७१ अर्ब डलर) र म्यानचेस्टर सिटी (२.०८ अर्ब डलर) रहेका छन् ।

कुल लिगको प्रतिसिजन ब्रोडकास्टिङ राइट कति ? (दश लाख डलरमा) 

लिग घरेलु अन्तराष्ट्रिय कुल अबधि
प्रिमियर २,३४० २,२१० ४,५५० २०१७/१९
बुन्डेसलिगा १,२९९ २६९ १,५६८ २०१८/२१
सिरी ए १,०५६ २०८ १,२६४ २०१६/१८
ला लिगा ९८९ २७१ १,२६० २०१७/१९
लिग ८१३ ९० ९०३ २०१७/२०

ब्रोडकास्टिङ राइटबाट आएको पैसाको निश्चित प्रतिशत पछि क्लबहरुको आम्दानीको मुख्य स्रोत भनेको लुगा फाटो र खेलकुद सामग्रीको स्पोन्सरसिप हो ।

कुन क्लबलाई स्पोन्सरहरुले बार्षिक रुपमा कति तिर्छन् ? (दश लाख डलरमा) 

बार्सिलोना २३३
रियल म्याड्रिड २१६
म्यान्चेस्टर युनाइटेड २१४
चेल्सी १४८
बार्यन म्युनिख १०९
आर्सनल ८९
लिभरपुल ८२
म्यान्चेस्टर सिटी ७७
टोटेनहम ७४
युभेन्टस ५२

कस्ता छन् यी क्लबका मालिकहरु ?

करोडौं डलर कमाउने यस्ता क्लबका मालिकहरु निकै धनी हुने नै भए । बिश्वका २० सबैभन्दा महत्वपूर्ण फुटबल क्लबका माकिहरु मध्ये ८ क्लबका मालिकहरु अर्बपति नै छन् ।

क्लबका अर्बपति मालिकहरु कुल सम्पत्ति (अर्ब डलर) क्लब
एलिसर  उस्मानभ १५.२ आर्सनल
रोमन इब्रामोभिच ९.१ चेल्सी
स्टेन्ली क्रोन्के ७.५ आर्सनल
जोसेफ लुइस ५.७ टोटेनहम
ग्लेजर परिवार ४.५ म्यान्चेस्टर युनाइटेड
भिचाइ स्रिभद्दाप्रभा ४.२ लेस्टर सिटी
सेख मन्सुर म्यान्चेस्टर सिटी
जोन हेन्री २.५ लिभरपुल
एग्नेली परिवार युभेन्टस

 


पुष्प दुलाल