भरतपुरमा रेनुले सुवेदीलाई २ हजार मतले पारिन पछि



काठमाडौं । भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुवेदीलाई २ हजार मतले पछि पारेकी छन् ।

दाहालले ११ हजार ९० प्राप्त गरेकी छन् भने सुवेदीले ९ हजार ९० मत प्राप्त गरेका छन् । दाहालको भन्दा सुवेदीको मत २ हजारले कम रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९५८ मत प्राप्त गरेका छन् ।

जारी मतगणनामा उपमेयर तर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १३ हजार २४५ मत प्राप्त गरेका छन् भने राप्रपाका हिमाल गुरुङले ७ हजार ३७१ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु