खजुराको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी



काठमाडौं । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर विजयी भएका छन् । यस्तै नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर विजयी भएकी छिन् ।

खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारका अनुसार नेकपा एमालेका सुमन मल्लले नौ हजार १३७ मत पाएका छन् । उपाध्यक्ष मल्लले निकटतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशालाई पराजित गरे ।

उनले आठ हजार ९१ मत ल्याए । आठ वडा रहेको पालिकामा माओवादी केन्द्रले पाँच, कांग्रेसले दुई र एमालेले एक वडामात्रै जितेको छ ।


क्लिकमान्डु