सेयर लगानीकर्तामा राहत, बजारमा सामान्य सुधार



काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ ।

यो दिन बजार मापन गर्ने सूचक ८.९० अंकले बढेर परिसूचक २२७४.४२ बिन्दुमा रोकिएको छ । मंगलबार पहिरो गएको बजारमा बुधबार भने केही करेक्सन देखिएको छ । मंगलबारको कारोबारले त्रसित बनेका लगानीकर्तालाई बुधबार भने केही राहत मिलेको छ ।

२२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको उपसूचक ३.६६, विकास बैंक ५५.५५, जलविद्युत ५३.३१, वित्त कम्पनी १८.७३ अंकले बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन २६.२७, निर्जीबन बीमा ४०.७६, जीवन बीमा समूहको उपसूचक ९८.९१ अंकले घटेको छ ।


क्लिकमान्डु