पर्वतको महाशिलामा एमाले विजयी
काठमाडौं । पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
विजयी भएका ईश्वरी भुसालले २७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी धनसोभा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीराज हमालको १९६९ मत रहेको छ ।
महशिलाका छवटा वडामध्ये–५ लुङ्खुदेउरालीमा नेपाली कांग्रेस विजयी भएको छ । बाँकी सबै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।