विन नेपाल लघुवित्तको लाभांश संशाेधन



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई लाभांश संशाेधन गरेको छ ।

साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात कायम रहेको ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँ मा आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ९.३३ प्रतिशत बोनस दिने भएको हाे । यसअघि कम्पनीले ११ प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो ।

यस्तै कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु