कोर सिटीमा पनि बालेको आकर्षण कायमै, स्थापितको भन्दा ३२४९ मत बढी



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) साहको मतान्तर झनै बढ्न थालेको छ ।

कोर सिटी भित्र मतदान सुरु भएपनि अहिले साह र नेकपा एमालेका उम्मेदवार केशव स्थापित मतान्तर झन् झन् बढ्न थालेको छ ।

यसअघि साहले नै कोर सिटीमा मतगणना सुरु भएपछि आफु दोस्रो हुने प्रक्षेपण गरेका थिए । तर, भित्री सहरको मतगणना सुरु भएपछि पनि उनको मत घटेको छैन । पछिल्लो मत परिणा अनुसमर साहले ६८९३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्थापितको मत ३६४४ रहेको छ । यसअघि साहको ६६९२ र साहको ३५६२ रहेको थियो । पछिल्लो अपडेटमा साह र स्थापितको मतान्तर ३२४९ रहेको छ ।

यता नेपाली काँग्रेसकी सृजना सिंहको मत अहिलेसम्म ३२०८ रहेको छ । सिंह र स्थापितको मतान्तर ४३६ नै रहेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ को मतगणना सकिएको छ । अहिले २,३,४, ५ ३१ र ३२ को मतगणना भइरहेको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २ वटा वडाको मतगणना सकिएको छ । अहिलेसम्म वडा १ र २ वडाको मतगणना सकिएको छ । वडा ६ को मतगणना सुरु हुने क्रममा रहेको बताइएको छ ।


क्लिकमान्डु