महंगी बढ्यो, चैतमा उपभोक्ता मुद्रास्फिती ७.२८ प्रतिशत



काठमाडौं । चैत महिनामा दैनिक उपभोग्य सामग्रीको मूल्यमा अत्यधिक मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ७.२८ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही महिनामा ३.१० प्रतिशत मात्रै थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत छ ।

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत छ ।


क्लिकमान्डु