२ अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको रिलायन्स लाइफको नाफा ८२% ले बढ्यो



काठमाडौंं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा २ अर्ब १३ करोड ८६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १५.९२ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ८२ प्रतिशतले बढेर १२ करोड ४ लाख रूपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ६ करोड ५८ लाख रूपैयाँ नाफा कमाएको थियो ।

गत आवको यसै अवधिको तुलनमा इन्स्योरेन्सको बीमा कोषको आकार ६२.१२ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब २६ करोड रूपैयाँ सञ्चित थियो ।

२ अर्ब १० करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.६५ रूपैयाँ छ ।

यस अवधिमा कम्पनीले ८९२ वटा दाबी वापत ६५ करोड ९७ लाख रूपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले ४८ वटा दाबीवापत १ करोड १६ लाख रूपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

चैत मसान्तसम्ममा रिलायन्सले लगानी, कर्जा तथा अन्य आयबाट २२ करोड ४२ लाख रूपैयाँ र बीमालेखको धितोमा कर्जाबाट २ करोड ४५ लाख रूपैयाँ आम्दानी गरेको छ ।


क्लिकमान्डु