निर्वाचनको दिन पर्यटकले ३ सय रुपैयाँ तिरेर होटलदेखि विमानस्थल आउन र जान पाउने



काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन हवाई यात्रुहरुलाई सेवा दिने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले बस सेवा सञ्चालन गर्ने भएको छ ।

बोर्डले पर्यटक प्रहरीको सहयोग तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवात–जावतका लागि विभिन्न रुटहरुमा सःशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

बोर्डका अनुसार रुट नम्बर एक अन्तर्गत विमानस्थल– एनएसी–होटल अन्नपूर्ण होटल याक एण्ड यति (ठमेल चोक)लैनचौर चोर– शंकर होटल–एम्बासडर होटल–एअरपोर्टसम्म रहनेछ ।

साथै, दोस्रो रुट अन्तर्गत एअरपोर्ट–होटल र्याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टसम्मको हुनेछ ।

तेस्रो रुट एअरपोर्ट–तीनकुने चोक–होटल एभरेष्ट–माइतिघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्मको हुनेछ ।

सटल बस सेवावापत प्रतिव्यक्ति तीन सय रुपैयाँ शुल्क लाग्नेछ ।


क्लिकमान्डु