सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार ७ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु