अन्तिम समयमा फर्कियो सेयर बजार



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार अन्तिम समयमा फर्किएको छ । कारोबारको सुरुदेखि नै गिरावट आएको बजारमा अन्तिम समयमा सुधार देखिएको हो ।

अन्तिम समयमा बजार फर्कदा लगानीकर्ता उत्साहित बनेका छन् । यो दिन बजार मापन गर्ने सूचक १७.९५ अंकले बढेर परिसूचक २२५६.५७ बिन्दुमा रोकिएको छ ।

यो दिन २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता सेयर १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँको सेयर किनेबच भएको छ । अन्तिम समयमा बजारमा सुधार आउँदा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

कारोबारमा विकास बैंक समूहको उपसूचक १०८.६२, वित्त कम्पनी ५३.५६, जलविद्युत ६६.४०, जीवन बीमा ३८.५८, उत्पादन तथा प्रशोधन ११.५७, निर्जीबन बीमा समूहको उपसूचक ९.४९ अंकले बढेको छ । बैंक समूहको उपसूचक भने २.५४ अंकले घटेको छ ।

कारोबारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै घलेम्दी हाईड्रो, माउन्टेन इनर्जी, हिमालयन उर्जा विकास कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


क्लिकमान्डु