अपडेटः आधा घन्टामा २० अंकले घट्यो बजार
काठमाडौं । कारोबारको सुरुदेखि नै घटेको बजार आधा घन्टाको अवधिमा २०.२० अंकले घटिसकेको छ ।
प्रि–ओपनिङमा सामान्य गिरावट आएको बजारमा कारोबार सुरु भएलगत्तै बजारमा गिरावट देखिएको छ । जुन यो समाचार तयारपार्दासम्म कायमै छ ।
बजार २०.२० अंकले घटेर परिसूचक २२५५.४८ बिन्दुमा रोकिएको छ । यो समाचार तयार पार्दासम्म १८६ कित्ता सेयर ४ लाख ८ हजार ४८८ कित्ता सेयर १७ करोड ९७ लाख ८५ हजार २६६ रुपैयाँको सेयर किनबेच भएको छ ।