अपर सोलु हाइड्रोको आइपीओ निष्काशन, कसले कलिहेसम्म दिने आवेदन ?



काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । आइपीओमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ ।

आइपीओमा हालको सोलु दुधकुण्ड नगरपालिका साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयले आइपीओ आपेदन दिन पाउने छन् ।

आइपीओमा प्रतिकित्ता एक सय रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

आयोजना प्रभावित स्थानीयले आइपीओमा आवेदन दिन बिक्री प्रबन्धक एनएमबी क्यापिटलका साथै स्थानीय बासिन्दाले अप्पर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीका साथै एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सकिने छ ।

साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु