बैंकको ब्याजदर अझै बढ्छ: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै बैंकको ब्याजदर बढ्ने बताएका छन् ।

बुधाबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा अधिकारीले बैंकको ब्याजदर बढ्ने बताए ।

उनले अहिलेको आर्थिक अवस्थाले पनि बढी ब्याजदर बढ्ने बताए । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव बढेको र त्यसले ब्याजदरमा असर पारेको उनको भनाइ छ ।

उनले बैंक ब्याजदर अहिलेको भन्दा बढी नै हुने दाबी गरे । उनले बैंक ब्याजदर बढेसँगै नीतिगत ब्याजदर बढाउने संकेत गरे ।

राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै नीतिगत ब्याजदर २ प्रतिशत बढाएको स्मरण पनि गराए । कार्यक्रममा उनले आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्ने व्यवस्था गरेको भएपनि यो दीर्घकालिन नहुने बताए ।

देशको अर्थतन्त्र जोगाउनका लागि भन्दै ब्याजदर बढाउन आवश्यक रहेको उनको तर्क छ ।


क्लिकमान्डु