चन्द्रागिरी हिल्सकाे घाटा २ करोड ९४ लाख, प्रतिसेयर आम्दानी ऋणात्मक



काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको घाटा २ करोड ९४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको घाटा घट्दै गएको छ । गत आवको सोही अवधिमा कम्पनीको घाटा १८ करोड ११ लाख २० हजार रुपैयाँ रहेको थियो ।

कोरोनाका कारण प्रभावित भएको होटल कोरोना न्यून भएसँगे बढेको व्यवसायका कारण नाफा बढ्दै गएको कम्पनीले जनाएको छ । प्रकाशित गरेको वित्तीय व्यवस्था हेर्दा चैत मसान्तसम्ममा ४२ करोड ३ लाख १८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आवको सोही अवधिमा १७ करोड ४२ लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

यस्तै कम्पनीको बिक्री पछिको आम्दानी ७ करोड ४२ लाख ४८ हजार रुपैयाँको रहेको थियो । गत आवको सोही अवधिमा २ करोड ७८ लाख ९८ हजार रुपैयाँ रहेको थियो । यस्तै अन्य स्रोतबाट हुने आम्दानी २० लाख २३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २१ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ४४ करोड ९४ लाख १४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९२ पैसा ऋणात्मक छ । गत आवको सोही अवधिमा ११ रुपैयाँ ८१ पैसा ऋणात्मक थियो । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ७० पैसा रहेको छ । गत आवको सोही अवधिमा ७९ रुपैयाँ ०९ पैसा रहेको छ ।


क्लिकमान्डु